पारिवारिक र घरेलु हिंसा बिदा
प्रत्येक कर्मचारीले प्रत्येक वर्ष १० दिनको तलबी पारिवारिक र घरेलु हिंसा बिदा पाउन सक्नेछन् । यो बिदा आंशिक (part-time) र क्याजुअल (casual) कर्मचारीहरूले पनि पाउन सक्नेछन्।
यस पृष्ठमा:
- पारिवारिक र घरेलु हिंसाको अर्थ
- कर्मचारीहरूले कहिले यो बिदा लिन सक्छन्?
- बिदा कसरी जम्मा हुन्छ?
- बिदाको लागि भुक्तानी
- भुक्तानी स्लिप (पे स्लिप) को आवश्यकता
- बिदाको लागि सूचना र प्रमाण
- गोपनीयता
पारिवारिक र घरेलु हिंसाको अर्थ
पारिवारिक र घरेलु हिंसाको अर्थ कुनै कर्मचारीले चिनेका कोही व्यक्तिहरूद्वारा दुर्व्यवहार, धम्की वा अन्य अपमानजनक व्यवहार गर्नु हो जसले
- सो कर्मचारीलाई नियन्त्रणमा लिने वा बाध्य पार्ने प्रयास गर्छ
- चोट पुर्याउँछ वा डर पैदा गर्छ।
सो व्यक्तिः
- कर्मचारीको नजिकको आफन्त,
- कर्मचारीको घरपरिवारको सदस्य, वा
- कर्मचारीको वर्तमान वा पूर्व घनिष्ठ पार्टनर हुन सक्छ।
नजिकका आफन्तमा यी ब्यक्तिहरू पर्छन्ः
- कुनै कर्मचारीकोः
- पति/पत्नि वा पूर्व पति/पत्नि।
- डि-फ्याक्टो पार्टनरA person who lives with the employee in a relationship as a couple on a genuine domestic basis but isn’t married to the employee. The person can be: of the same sex or different sex to the employee, or a current or former de facto partner of the employee. (de facto partner) वा पूर्व दि-फ्याक्टो पार्टनर
- बच्चा
- आमाबाबु
- हजुरआमा/हजुरबुबा
- नातिनातिना
- दाजुभाई दिदीबहिनी
- एक कर्मचारीको हालको वा पूर्व पति/पत्नी वा डि फ्याक्टो पार्टनरको बच्चा, आमाबाबु, हजुरआमा/बाबु, नातिनातिना वा दाजुभाई दिदीबहिनी, वा
- एबोरोजिनल वा टोरेस स्ट्रेट आइल्याण्डरको नातेदारी नियमअनुसार सो कर्मचारीसँग सम्बन्धित व्यक्ति।
कर्मचारीहरूले कहिले यो बिदा लिन सक्छन्?
कुनै कर्मचारीले तलबी पारिवारिक र घरेलु हिंसा बिदा लिन योग्य हुन उनले पारिवारिक र घरेलु हिंसाको अनुभव गरेको हुनुपर्दछ ।
कर्मचारीहरूले यो बिदा लिन सक्दछन् यदि उनीहरूले पारिवारिक र घरेलु हिंसाको प्रभावको सामनाका लागि केही गर्न आवश्यक छ र उनीहरूको कामकाजी समयबाहिर यो गर्नु व्यावहारिक हुँदैन ।
यस्ता कामका उदाहरणहरूः
- उनीहरूको सुरक्षाको लागि व्यवस्था गर्ने, वा सुरक्षाको लागि नजिकको आफन्तकहाँ जाने (घर सर्नेसहित)
- अदालतको सुनुवाइमा जाने
- पुलिस सेवामा पहुँच गर्ने।
बिदाहरू सबै एकैपटक लिन आवश्यक छैन यसलाई एकदिन वा धेरै दिनको रूपमा लिन सकिन्छ
रोजगारदाता र कर्मचारी पनि एक पटकमा एक दिनभन्दा कम समयको बिदा लिनको लागि सहमत हुन सक्छन्
बिदा कसरी जम्मा हुन्छ?
सबै कर्मचारीहरूले १० दिनको तलबी पारिवारिक र घरेलु हिंसाको अग्रिम सुविधा पाउँछन् । यो बिदा उनीहरुले जम्मा गरे जोगाउनु पर्दैन।
यस बिदा सुविधा प्रत्येक १२ महिनामा कर्मचारीको काम शुरु गरेको वार्षिकोत्सवमा नवीकरण हुन्छ । यदि यो बिदा प्रयोग गरिएको छैन भने यो हरेक वर्ष संचय हुँदैन।
बिदाको लागि भुक्तानी
पूर्णकालीन र अंशकालीन कर्मचारीहरूलाई उनीहरूले बिदा नलिई काम गर्दा पाउने पूरा तलब कै दरमा भुक्तान गरिन्छ।
क्याजुअल कर्मचारीहरूलाई उनीहरूलाई काम गर्न रोस्टर गरिएको समयमा काम गर्दा पाउने पूरा तलब दरमा भुक्तान गरिन्छ । यदि क्याजुअल कर्मचारीले बिदा लिएको दिन काम गर्न रोस्टर गरिएको थिएन भने, उनीहरूलाई त्यो अवधिको लागि भुक्तानी पाउँनेछैन।
एक कर्मचारीको पूर्ण तलब दर उनीहरूको आधारभूत दरका साथै निम्नमध्ये कुनै भुक्तानी पनि होः
- प्रोत्साहनमा आधारित भुक्तानी र बोनस
- लोडिंग
- मौद्रिक भत्ताहरू
- ओभरटाइम वा पेनाल्टी दरहरू
- अन्य कुनै अलगरुपमा पहिचानयोग्य रकम
भुक्तानी स्लिप (पे स्लिप) को आवश्यकता
तलबी पारिवारिक र घरेलु हिंसा बिदासँग सम्बन्धित वितवरण कर्मचारीको तलब स्लिपमा समावेश गर्नु नहुने बारेमा नियमहरू छन् । यो तलबी पारिवारिक र घरेलु हिंसा बिदामा पहुँच गर्दा कर्मचारीको सुरक्षाको जोखिम कम गर्नको लागि हो ।
भुक्तानी स्लिप (Pay slips) मा लागू हुने नियमहरू सिक्नुहोस्।
बिदाको लागि सूचना र प्रमाण
यदि एक कर्मचारीले तलबी पारिवारिक र घरेलु हिंसा बिदा लिन्छ भने, उनीहरूले आफ्नो रोजगारदातालाई सकेसम्म चाँडो सूचित गर्नुपर्नेछ । बिदा शुरू भएपछि यो गर्न सकिन्छ।
कर्मचारीले पनि आफ्नो रोजगरदातालाई कति समयसम्म बिदामा बस्ने हो भन्ने कुरा बताउनुपर्छ ।
एक रोजगारदाताले आफ्नो कर्मचारीलाई पारिवारिक र घरेलु हिंसाको प्रभावको सामना गर्न कर्मचारीले बिदा लिएको देखाउन प्रमाण माग्न सक्छ । कर्मचारीले यो उद्देश्यको लागि बिदा लिएका थिए भन्ने उपलब्ध प्रमाणमाथि एक उचित व्यक्तिलाई विश्वस्त हुनु पर्छ।
यदि कर्मचारीले अनुरोध गरिएको प्रमाण पेश गर्दैन भने, उनीहरू बिदा लिन योग्य नहुन सक्छन् ।
प्रमाणका प्रकारहरूमा निम्न समावेश हुन सक्छन्ः
- वैधानिक घोषणा (statutory declaration)
- पुलिसद्वारा जारी कागजातहरू
- कुनै अदालतले जारी गरेको कागजात, वा
- पारिवारिक हिंसा सहायता सेवाका कागजातहरू ।
गोपनीयता
रोजगारदाताहरूले कर्मचारीको अवस्थाको बारेमा कुनै पनि जानकारी गोप्य राख्नको लागि उचित कदम चाल्नुपर्दछ जब कर्मचारीले यसलाई बिदाको लागि आवेदन दिन उपलब्ध गरेको हुन्छ। यसमा निम्न अवस्थाहरू पर्छन्:
- बिदा लिन सूचना दिने कर्मचारीको बारेमा जानकारी
- उनीहरुले प्रस्तुत गर्ने प्रमाणहरू।
रोजगारदाताहरूले केही सीमित परिस्थितिहरूमा यो जानकारी खुलासा गर्न सक्दछन् । जस्तै, यदि यसलाई कानूनबमोजिम खुलाउन आवश्यक ठहराइएमा