हामी के गर्छौँ
Fair Work Ombudsman ले अष्ट्रेलियाको कार्यस्थलको कानूनलाई नियमन गर्छ।
हाम्रा सेवाहरू सबै कामदार तथा रोजगारदाताहरूका लागि निःशुल्क छन्।
हामीः
- अष्ट्रेलियाको कार्यस्थलको कानूनहरूबारे जानकारी प्रदान गर्छौँ
- कामदार तथा रोजगारदाताहरूलाई उनीहरूको अधिकार तथा दायराबारे सिक्न सघाउँछौँ
- कार्यस्थलका कानूनहरूको पालना भए नभएको मूल्यांकन तथा अनुसन्धान गर्छौँ
- कार्यस्थलको कानूनको पालना नभएको भए त्यसलाई लागू गराउँछौँ।
Fair Work Ombudsman ले कार्यस्थल कानूनको पालनाको प्रबर्द्धन तथा निगरानी गर्न Fair Work निरीक्षकहरू नियुक्ती गर्छ।
Fair Work निरीक्षकहरूको आफ्नो भुमिका निभाउन निश्चित अधिकारहरू हुन्छ। यस अन्तर्गत निम्न अधिकारहरू पर्छः
- कार्यस्थानहरू प्रवेश गर्ने
- कामको निरीक्षण गर्ने तथा मानिसहरूसँग अन्तर्वार्ता लिने
- रेकर्डहरू माग्ने
Fair Work Ombudsman तपाईँलाई सहयोग गर्न तत्पर छ। Fair Work Ombudsman सम्पर्क गरेर उनीहरूको तलब वा अन्य सुविधाका बारेमा जानकारी माग्दा कामदारलाई केही समस्या पर्दैन।
हामी तपाईंको प्रतिकृया तथा गुनासोलाई महत्व दिन्छौँ
तपाईंले हाम्रा सेवाहरूबारे हाम्रो प्रतिकृया फारम भरेर आफ्नो प्रतिकृया दिन सक्नुहुन्छ।