बिदा तथा कामबाट छुट्टि लिँदा

अंशकालिक र क्याजुअर कर्मचारीहरू लगातयत सबै कर्मचारीहरूले 10 दिनको तलबी पारिवारिक र घरेलु हिंसा बिदा पाउने हक छ।

तलबी पारिवारिक र घरेलु हिंसा बिदा वार्षिक बिदा वा बिरामी र हेरचाहकर्ताको बिदा जस्तै एक नयाँ न्यूनतम बिदाको सुविधा हो।

यो बिदा निम्न मिति देखि उपलब्ध हुन्छ:

  • 1 फेब्रुअरी 2023 - गैर-साना व्यवसायका रोजगारदाताका कर्मचारीहरूका लागि
  • 1 अगष्ट 2023 - साना व्यवसाय रोजगारदाताका कर्मचारीहरूका लागि।

हामीसँग अन्य अनुवादित जानकारी छिट्टै उपलब्ध हुनेछ।

नयाँ तलबी परिवार र घरेलु हिंसा बिदा (New paid family and domestic violence leave) को बारेमा थप जान्नुहोस्। अनुवाद गर्नको लागि पृष्ठको शीर्षमा रहेको मेनुबाट आफ्नो भाषा छान्नुहोस्।

कामदारले थुप्रै कारणले कामबाट छुट्टी लिन सक्छन्, जस्तैः

सबै कामदारहरूले, क्याज्युल (casual) बाहेक, होलिडे बिदा तथा बिरामी र हेरचाहकर्ताको बिदामा भुक्तानी पाउने सुविधा का लागि योग्य हुन्छन्।

कामबाट छुट्टी लिँदा, कामदारहरूलाई उनीहरूको न्यूनतम तलब दर भुक्तानी गरिनुपर्छ, यसमा ओभरटाइम, जरिवाना, भत्ता वा बोनस समावेश हुँदैनन्।

होलिडे बिदाको भुक्तानी

होलिडे बिदा (जसलाई वार्षिक बिदा (annual leave) पनि भनिन्छ) ले कामदारलाई कामबाट छुट्टी लिँदा तलब भुक्तानी गर्छ।

वार्षिक बिदाकोबारेमा हाम्रो छोटो भिडियो हेर्नुहोस्।

 

 

कामदारले कति बिदा प्राप्त गर्न सक्छ?

पूर्णकालीन तथा आंशिक कामदारहरूले हरेक वर्ष 4 हप्ताको वार्षिक बिदा प्राप्त गर्छन्। केही कामदारहरूले वार्षिक बिदा भार (annual leave loading) नामक अतिरिक्त भुक्तानी पनि प्राप्त गर्छन्।

क्याज्युल कामदारले कामबाट छुट्टीको भुक्तानी प्राप्त गर्दैनन् तर उनीहरूको रोजगारदातालाई होलिडेका लागि बेतलबी बिदा दिन अनुरोध गर्न सक्छन्।

होलिडेका लागि बिदा कहिले लिइन्छ?

कामदारहरूले काम शुरू गरेलगत्तै वार्षिक बिदा जम्मा गर्न थाल्छ। यो निम्न तरिकाको हुन सक्छः

  • काम गरेको पहिलो 12 महिनाको अवधिमा जुनसुकै बेला
  • पूरै वा आंशिक दिनलगायत जतिसुकै समयकस लागि।

रोजगारदाता तथा कामदारले कहिले बिदा लिन मिल्छ भनेर सहमत हुनुपर्छ। रोजगारदाताले वार्षिक बिदाका लागि कामदारको अनुरोधलाई इन्कार गर्न सक्छ यदि सो इन्कारीको कारण उचित छ भने।

कहिलेकाहीँ रोजगारदाताले आफ्ना कामदारलाई वार्षिक बिदा लिनका लागि निर्देशन दिन्छन्।

रोजगारीको समाप्ति

जब रोजगारी समाप्त हुन्छ, कामदारहरूको जम्मा भएको तर नचलाएको वार्षिक बिदाहरूको भुक्तानी गरिनुपर्छ।

वार्षिक भुक्तानीमा वार्षिक बिदा भार (annual leave loading) पनि समावेश हुनुपर्छ यदि सो भार कामदारले रोजगारीको समयमा बिदा लिंदा भुक्तानी गरिनु पर्ने थियो भने।

यसपछि के गर्ने

  • होलिडे तलब वा बिरामी तथा हेरचाहकर्ताको बिदाको हिसाबकिताब गर्न हाम्रो बिदा क्यालकुलेटर (Leave Calculator) मा जानुहोस्।