पैतृक बिदा
पैतृक बिदा त्यसबेला लिन मिल्छ, जबः
- कामदारले बच्चा जन्म दिन्छ
- कामदारको श्रीमती वा डि फ्याक्तो पार्टनरले बच्चालाई जन्म दिन्छ
- कामदारले कुनै 16 वर्षमुनिको बच्चालाई धारण गर्छ।
पैतृक बिदा लिनका लागि कामदारले उनीहरूको रोजगारदाताकहाँ कम्तीमा 12 महिना काम गरेको हुनुपर्छ।
अभिभावकिय बिदाकोबारेमा हाम्रो छोटो भिडियो हेर्नुहोस्।
कामदारले कति बिदा प्राप्त गर्न सक्छ?
कामदारहरूले थप 12 महिना बिदा मागेमा उनीहरूले 12 महिनाको बेतलबी पैतृक बिदा प्राप्त गर्न सक्छन्।
12 महिनाको बेतलबी पैतृक बिदा दुवै आमाबाबु बीच बाँड्न सक्छन्, तर उनीहरूले एउटै समयमा 8 हप्तासम्मको बिदा मात्र लिन सक्छन्।
तलबी पैतृक बिदा
कामदारहरूले अष्ट्रेलियन सरकार तथा उनीहरूको रोजगारदाताबाट तलब प्राप्त हुने पैतृक बिदा पाउन सक्छन्। तलबी पैतृक बिदाबारे थप जानकारीका लागि Centrelink – Parental Leave Pay हेर्नुहोस्।
कति अवधिको सूचना?
कामदारहरूले आफ्नो रोजगारदातालाई पैतृक बिदा शुरू गर्नु 10 हप्ताअघि सूचना (notice) दिनुपर्छ र बिदा शुरू हुनुभन्दा 4 हप्ताअघि मिति निश्चय गर्नुपर्छ।
विशेष प्रसूति बिदा
कामदारले बेतलबी बिदा (बेतलबी विशेष प्रसूति बिदा (unpaid special maternity leave)) लिन सक्छ यदिः
- उनलाई गर्भावस्थासँग सम्बन्धित बिमारी छ वा
- गर्भ असफल भएर, अन्त्य गरेर वा मृत शिशु जन्मिएर उनको गर्भावस्था 12 हप्तापछि समाप्त हुन्छ।
सुरक्षित काम – के हो यो?
गर्भवती कामदारहरूले यदि उनीहरूले गर्भवती भएका कारण उनीहरूको नियमित काम गर्न सक्दैनन् भने उनीहरूको सुरक्षित काम (safe job) को सुविधा पाउँछ। कामदारले रोजगारदातालाई सुरक्षित काम आवश्यक पर्नुको प्रमाण पेश गर्नुपर्छ (जस्तै मेडिकल प्रमाणपत्र)।
यदि सुरक्षित काम छैन भने, कामदारले तलबी बिदा लिन सक्छ (जसलाई सुरक्षित काम नभएको बिदा (no safe job leave)) भनिन्छ । कामदारले रोजगारदाताकहाँ कम्तीमा 12 महिना काम गरेको खण्डमा रोजगारदाताले यो बिदा कामदारलाई भुक्तानी गर्नुपर्छ।
पैतृक बिदाबाट काममा फर्कंदा
जब कामदार काममा फर्कन्छ, उनीहरूले पैतृक बिदामा जानुअघि गरेको काम गर्न पाउनु पर्छ। यदि उनीहरू बिदामा बस्दा अर्को मानिसले त्यो काम सम्हालेको भएता पनि उनीहरू त्यसै काममा फर्कनु पर्छ ।