कामका लागि भुक्तानी

Minimum wages increase from 1 July 2026

The Fair Work Commission has announced an increase to the National Minimum Wage and minimum pay rates under awards.

The information on this page is under review and may be updated.

We’re working to update our tools and resources with the new pay rates by 1 July.

Learn more about this increase and how to prepare at Minimum wages increase from 1 July 2026.

जब कामदारले नयाँ काम शुरू गर्छ उनीहरूले निम्न कुरा गर्नुपर्छः

  • उनीहरूले रोजगारीको अवस्थाको जाँच
  • उनीहरूको न्यूनतम तलब दरको जाँच
  • काम गरेको घण्टा तथा भुक्तानी गरिएको रकम लगायतका कुराको रेकर्ड राख्ने।

रोजगारदाताले कामदारहरूलाई उनीहरूको तलब तथा अन्य काममा शर्तहरूबारे थाहा छ भएको निश्चित गर्नुपर्छ।

रोजगारीका प्रकारहरू

कामदारलाई निम्न तरिकाले नियुक्त गर्न सकिन्छः

  • पूर्णकालीन
  • आंशिक वा
  • क्याज्युल (casual)

कर्मचारीहरूलाई नियम भित्र रहेर, निश्चित अवधिको करारमा पनि जागिर दिन सकिन्छ। निश्चित अवधिको करारमा रहेका कर्मचारीहरू हेर्नुहोस्।

रोजगार विज्ञापनहरू

रोजगार विज्ञापनहरूमा कर्मचारीको न्यूनतम तलब दर र हक भन्दा कम तलब दरहरू प्रकाशन गर्न मिल्दैन।

हाम्रो रोजगार विज्ञापन (Job ads) पृष्ठबाट थप जानकारी लिनुहोस्।

यदि तपाईंले कुनै विज्ञापनले कानून उल्लंघन गरेको देख्नुहुन्छ भने, तपाईंले अज्ञात रुपमा हामीलाई खबर गर्न सक्नुहुन्छ। अज्ञात रूपमा खबर (Report an issue anonymously) गर्ने पृष्ठमा जानुहोस्।

न्यूनतम तलब दरहरू

सबै कामदारहरूलाई भुक्तानी गर्नुपर्ने विभिन्न कामका लागि विभिन्न न्यूनतम तलब दरहरू छन्। निर्देशिकाका रूपमा, जो कामदार 21 वर्ष वा सोभन्दा बढी उमेरको छ उसले प्रतिघण्टा $24.95 पाउँछ वा यदि उसले तलबी बिदा पाउँदैन भने $31.19 पाउँछ। विभिन्न कामका लागि न्यूनतम तलब दरका बारेमा थाहा पाउनका लागि तपाईँले हाम्रो अनलाइन भुक्तानी क्यालकुलेटर (Pay and Conditions Tool) प्रयोग गर्न सक्नुहुन्छ।

न्यूनतम तलब दर भनेको कुल भुक्तानी हो (करको रकम कटाउनुअघिको रकम)। रोजगारदाताले कामदारको तलबबाट करको रकम निकाल्नु पर्छ।

अष्ट्रेलियन कर कार्यलय (Australian Taxation Office – ATO) ले कर तथा सुपरएनुएसन (superannuation) का बारेमा सुझाव तथा जानकारी प्रदान गर्छ। थप जानकारीका लागि हेर्नुहोस् ATO वेबसाइट

कामदारलाई नगद, चेक वा बैंक खातामा रकम जम्मा गरिदिएर तलब भुक्तानी गर्न सकिन्छ। पे स्लिप अर्थात भुक्तानी भर्पाइ  हरेक भुक्तानीमा प्रदान गरिनु पर्छ।

काममा तलब जानकारी खुलाउने

कर्मचारीहरूलाई उनीहरूका निम्न जानकारी खुलाउने वा नखुलाउने अधिकार छ:

  • तलब
  • रोजगार सर्तहरू

निम्न कुराहरूका लागि रोजगारदाताहरूले कर्मचारी विरुद्ध प्रतिकूल कारबाही गर्न मिल्दैन:

  • यी अधिकारहरूको कारण, वा
  • विद्यमान वा भावी कर्मचारीलाई यी अधिकारहरू प्रयोग गर्नबाट रोक्न

प्रतिकूल कारबाही भनेको कारबाहीको कारणको आधारमा गैरकानूनी हुन सक्ने कार्य हो। जस्तै, आफ्नो तलबको बारेमा जानकारी साझा गरेकोमा कर्मचारीलाई बर्खास्त गर्ने।

थप जान्न तलब गोपनीयताको (Pay secrecy) पृष्ठमा हेर्नुहोस्।

तलब गोपनीयता सर्तहरू माथी प्रतिबन्ध

तलब गोपनीयता सर्तहरू रोजगार अनुबंध, अवार्ड वा सम्झौताहरूमा हुने नियमहरू हुन् जसले कर्मचारी वा भविष्यका कर्मचारीहरूलाई उनीहरूको तलब र रोजगारीका अवस्थाहरूको बारेमा जानकारी साझा गर्नबाट प्रतिबन्धित गर्छन्।

विभिन्न सुरुवात मितिहरूबाट, तलब गोपनीयता सर्तहरू समावेश हुनबाट प्रतिबन्धित गरिनेछ:

  • नयाँ रोजगार सम्झौतामा
  • विद्यमान रोजगार करारमा
  • नयाँ वा अवस्थित अवार्ड वा सम्झौताहरूमा।

अब के लागू हुन्छ भन्ने जान्न तलब गोपनीयता (Pay secrecy) पृष्ठ हेर्नुहोस्।

बेतलबी काम

यहाँ केहि सिमित परिस्थितिहरू पनि छन् जस अन्तरगत कुनै व्यक्तिलाई उनीहरूले गरेको कामको लागि रकम भुक्तानी गर्नु पर्दैन।

यदि कामदारले उनीहरूको कामको हिस्साको रूपमा तालिम लिनुपर्छ भने, उनीहरूलाई ती घण्टाहरूका लागि भुक्तानी गरिनुपर्छ।

बेतलबी कामका लागि कहिले अनुमति दिइन्छ भन्ने  थाहपाउनका लागि हाम्रो बेतलबी काम पृष्ठ हेर्नुहोस्।

कामको लागि भुक्तानी गर्ने कि नगर्ने भन्नेमा तपाईं अझै पनि  अनिश्चित हुनु हुन्छ भने, हामीलाई फोन गर्नुहोस् वा अनलाइन सोधपुछ गर्नुहोस्।

यसपछि के गर्ने

  • तलब दर, जरिवाना तथा भत्ताका बारे थाहा पाउनका लागि (Pay and Conditions Tool) हाम्रो तलब क्यालकुलेटर प्रयोग गर्नुहोस् ।
  • काममा तपाईँको समय पहिल्याउन मेरो समय रेकर्ड एप (Record my hours app) प्रयोग गर्नुहोस् ।
  • भुक्तानी भर्पाइमा के कुरा समावेश गर्नुपर्छ भन्ने बारे जान्न तथा हाम्रो नमूना खोज्नका लागि भुक्तानी भर्पाइ पृष्ठ (Pay Slips page) हेर्नुहोस् ।