Nepali - नेपाली

Minimum wages increase from 1 July 2026

The Fair Work Commission has announced an increase to the National Minimum Wage and minimum pay rates under awards.

The information on this page is under review and may be updated.

We’re working to update our tools and resources with the new pay rates by 1 July.

Learn more about this increase and how to prepare at Minimum wages increase from 1 July 2026.

आप्रवासी कामदार तथा भिसा भएकाहरू लगायत अष्ट्रेलियामा काम गर्ने सबै कामदारहरूका लागि एउटै कार्यस्थल अधिकार हुन्छ।

अष्ट्रेलियामा सबै रोजगारदाताहरूले, उनीहरूको कामदारहरू भिसा लिएर आएका भए पनि, उनीहरूले कार्यस्थलको कानूनको पालना गर्नुपर्छ, यदि

हामी तपाईँलाई तपाईँको काममा अधिकार  तथा जिम्मेवारीहरू बुझ्न सहयोग गर्न सक्छौँ।

अष्ट्रेलियामा काम गराइको बारेमा हाम्रो छोटो भिडियो हेर्नुहोस्।

 

शुरू गरौँ

अष्ट्रेलियामा काम गर्नेबारेमा थप जान्नुहोस्ः

थप जानकारीका लागि हाम्रो नयाँ काम शुरू गर्ने निर्देशिकानयाँ काम शुरू गर्ने निर्देशिका (Guide to starting a new job) हेर्नुस् ।

तलब

सबै कामदारहरूलाई भुक्तानी गर्नुपर्ने विभिन्न कामका लागि विभिन्न न्यूनतम तलब दरहरू छन्। निर्देशिकाको रूपमा, कुनै कामदार जो 21 वर्ष वा सोभन्दा बढीको छ उसले कम्तीमा $24.95 प्रतिघण्टा वा यदि उसले तलबी बिदा पाउँदैन भने $31.19 प्रतिघण्टा प्राप्त गर्नुपर्छ।

थप जानकारीका लागि हाम्रो कामका लागि भुक्तानी पृष्ठ हेर्नुहोस्।

यदि कुनै कामदारले तालिम लिनुपरेमा, सभामा भाग लिन परेमा वा उनीहरूको जागिरका लागि व्यवसाय खोल्न वा बन्द गर्नुपरेमा उनीहरूले गरेको सबै कामका घण्टाहरूका लागि सही भुक्तानी गरिनुपर्छ। कामदारलाई रकमका रूपमा तलब दिइनुपर्छ, न कि सामान तथा सेवाहरू जस्तै खाद्यान्न, लत्ताकपडा वा बसोबास।

रोजगारीसम्बन्धी जानकारीको विवरणहरू

अष्ट्रेलियामा कर्मचारीहरूका लागि ३ वटा महत्त्वपूर्ण कार्यस्थल दस्तावेजहरू छन्। ती दस्तावेजहरूले नयाँ कर्मचारीहरूलाई काममा उनीहरूका अधिकारहरूका बारेमा जानकारी दिन्छन्।

फेयर वर्क जानकारी विवरण

रोजगारदाताहरूले प्रत्येक नयाँ कर्मचारीलाई फेयर वर्क जानकारी विवरण (एफ.डब्ल्यु.आई.एस.) को एक प्रति काम सुरू गर्नुभन्दा अगाडि वा सुरू गरेपछि सकेसम्म छिट्टै दिनुपर्छ।

क्याजुअल (कार्य समय नतोकिएको) रोजगारी करार जानकारी विवरण

रोजगारदाताहरूले प्रत्येक नयाँ क्याजुअल कर्मचारीलाई क्याजुअल रोजगारी करार जानकारी विवरण (सी.ई.आई.एस.) को एक प्रति सोहि समयमा दिनुपर्छ।

निश्चित अवधिको करार सम्बन्धि जानकारी विवरण

बिदा तथा कामबाट छुट्टि लिँदा

कामदारहरूले कामबाट छुट्टी लिन सक्छन्। यसलाई बिदा (leave) भनिन्छ। यसमा निम्न समावेश हुन्छनः

  • बिदाका लागि तलबी छुट्टी
  • बिरामी हुँदा वा अरूलाई हेरचाह गर्दा तलबी बिदा
  • बच्चा हुँदा पाइने बिदा

थप जानकारीका लागि हाम्रो बिदा तथा कामबाट छुट्टी लिँदा पृष्ठ मा हेर्नुहोस्।

रोजगारी अन्त्य गर्दा

कामदारले राजिनामा दिन सक्छ वा निष्कासित हुन् सक्छ (निकालिनु)।

सही सूचना (notice) अवधि दिनु महत्वपूर्ण हुन्छ। सूचना तथा रिडन्डेन्सी (redundancy) बापत पाउने सुविधा पत्ता लगाउन हाम्रो सूचना तथा रिडन्डेन्सी क्यालकुलेटर प्रयोग गर्नुहोस् (Notice and Redundancy Calculator)

सहयोग चाहिन्छ?

तपाईँलाई काममा तलब वा शर्तहरूमा समस्या छ भने हामी तपाईँलाई सहयोग गर्न सक्छौँ। तपाईँकै भाषामा हामीसँग बोल्नुहोस् ।

Fair Work Ombudsman ले कार्यस्थलको विवादमा कसरी तपाईँलाई सहयोग गर्न सक्छ भन्ने थप जानकारीका लागि कृपया हाम्रो कार्यस्थलको विवाद सुल्झाउन सहयोगपृष्ठ हेर्नुहोस्।

यदि तपाईँलाई कसैले कार्यस्थलका कानुनहरूको पालना नगरेकोमा चिन्ता छ तर तपाईँ त्यसमा संलग्न हुन चाहनुहुन्न भने, तपाईँले समस्यालाई बेनामी वा अपरिचितरूपमा हामीलाई उजुरी गर्नपनि सक्नुहुन्छ।

कामदारले Fair Work Ombudsman लाई सम्पर्क गरेर उनीहरूको तलब तथा सुविधाहरूबारेमा जानकारी मागेमा उनीहरू कुनै अप्ठ्यारोमा पर्ने छैन।

हामीलाई सम्पर्क गर्नुहोस्

यदि तपाईँलाई दोभाषे चाहिन्छ भने अनुवाद तथा दोभाषे सेवा (TIS) लाई 131 450 मा निःशुल्क सम्पर्क गरेर तपाईँको भाषामा हामीसँग कुरा गर्ने समय मिलाउनुहोस्। अपरेटरलाई तपाईँको बोल्ने भाषा भन्नुहोस् र उनीहरूलाई हामीलाई 131 394 मा फोन गर्न आग्रह गर्नुहोस्। अष्ट्रेलिया बाहिरबाट TIS लाई +61 3 9268 8332 मा सम्पर्क गर्न सक्नुहुन्छ।

यसपछि के गर्ने

  • कसैले कार्यस्थलको कानूनको पालना नगरेको भनेर के तपाईँ चिन्तित हुनुहुन्छ? परिचय नखुलाइकन तपाईँले हामीलाई यसबारेमा बताउन सक्नुहुन्छ। अब अज्ञात रिपोर्टबनाउनुस्